नयाँ शैलीको गीत ‘पानी छल्काले’ मा सुरेन्द्र लामिछाने

विगत डेढ दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रीय रहँदै आएका गीतकार, गायक तथा मोडल सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत पानी छल्काले को भिडियो सार्वजनिक भएको छ । अहिले चर्चाको शिखरमा रहेकी गायिका समीक्षा अधिकारी र प्रसाद लामिछानेको स्वरमा सजिएको यो गीतमा प्रसाद लामिछानेकै सङ्गीत रहेको छ भने गीत सुरेन्द्र आफैंले लेखेका हुन् ।

अजय रेग्मीको छायाङ्कन, प्रवीण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको यो भिडियोमा नम्रता सापकोटा, सुरेन्द्र लामिछाने र प्रल्हाद सुवेदीको अभिनय रहेको छ । आफूले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो अलि पृथक रहेको कुरा निर्देशक केसीले जानकारी गराएका छन् ।