‘प्रोजेक्ट बाजा नेपाल’ को प्रस्तुतिमा ‘लाखे’ धुनको भिडियो

तुलसी गिरी ‘भावुक’


प्रोजेक्ट बाजा नेपाल को प्रस्तुतिमा लाखे धुनको भिडियो सार्वजनिक भएको छ । नेपालमा भएका मौलिक धुन, भाषा र संस्कृतिलाई जगेर्ना गर्दै विश्वसामु परिचित गराउने उद्देश्यले सन् २०१८ मा स्थापित यस संस्थाले आफ्नो स्थापना कालदेखि नै बिभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आइरहेको छ ।  नेवारी समुदायको महत्वपूर्ण पर्वको रुपमा प्रसिद्ध रहेको लाखेको सांस्कृतिक र धार्मिक महत्व रहेको छ भने हरेक बर्ष आयोजना हुने लाखेलाई सबै जाति, भाषा र धर्मका मान्छेले विशेष अभिरुचीका साथ अवलोकन गर्दै आएका छन् ।

प्रोजेक्ट बाजा नेपाल को प्रस्तुतिमा तयार पारिएको लाखे धुन सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले सङ्कलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले सङ्गीत संयोजन गरेका छन् । सार्वजनिक गरिएको लाखे धुनको भिडियोमा ओभासो शाक्यको निर्देशन रहेको छ । भिडियो जनकराज अधिकारी, सुजित नापित र ओभासो शाक्यको छायाङ्कनमा निर्माण भएको हो । यो धुनले नकारात्मक उर्जालाई नष्ट गरी सकारात्मक उर्जाको सञ्चार गराउने धार्मिक बिश्वास रहँदै आएको छ ।