गीतकार ताराको नयाँ भिडियो ‘गुलेलीमा’ सार्वजनिक

गीतकार तारा अधिकारीको अर्को गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक भएको छ । राजिव समरको कोरियोग्राफीमा तयार भएको गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्कीलाई देख्न सकिन्छ । भिडियोमा छायाङ्कन अर्जुन तिवारीको छ ।

यो गीतमा सङ्गीत दीपक शर्माको छ । मेलिना राई र किरण भुजेलको स्वर रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् । गीतकार अधिकारीका गीतहरु लकडाउनका समयमा धेरै रिलिज भएका छन् । यो भन्दा अघि सुनौलो तारा एल्बमका गीतहरुको पनि म्युजिक भिडियो र लिरिकल भिडियोहरु सार्वजनिक भइसकेका छन् ।

नाजिरकै अभिनय रहेको अधिकारीको यो भन्दा अघिको गीत लुकी लुकी चोरी चोरी ले जस्तै यो गीतले पनि राम्रो सफलता पाउने आशा गीतकार तारा अधिकारीले राखेकी छन् । तारा अधिकारीका शब्दमा रहेका गीतहरु सबै सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ ।