वियोगान्त गीत ‘गए तिम्रा यादहरु’ मा गीतकार डीआर

तुलसी गिरी ‘भावुक’


विश्व कीर्तिमानी गीतकार डा.डी.आर. उपाध्यायको नयाँ गीत गए तिम्रा यादहरू  को भिडियो सार्वजनिक भएको छ । राज सागरको सङ्गीत तथा स्वर रहेको यस गीतमा साहस शाक्यको म्युजिक एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको छ । रोशिकको निर्देशन, छायाङ्कन र सम्पादन समेत रहेको यस भिडियोमा नयन सिंह, पुरूषोत्तम सानु, रूपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन् । वियोगान्त भावको यो भिडियो गीतकार उपाध्यायकै युट्युब च्यानल DR Music & Creations मा अपलोड भएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीतका बिभिन्न ३२ विधामा विश्व रेकर्ड कायम गरेका कीर्तिमानी गीतकार उपाध्यायका हालसम्म २३ गीति एल्बम र १० उपन्यास प्रकाशित छन् l हालै उनको संसारकै सबैभन्दा सानो आकारको गीतसङ्ग्रह अनुभूतिको मझेरी समेत सार्वजनिक भएको थियो ।