राष्ट्रियता र स्वाभिमानको आवाज घन्काउँदै सुजाता र प्रद्युम्न

तुलसी गिरी ‘भावुक’

सुजाता के. सी. र प्रद्युम्न घलेको स्वरमा रहेको राष्ट्रिय भावको गीत स्वाभिमानी नेपाली को भिडियो सार्वजनिक भएको छ l लोकराज अधिकारीको शब्दरचना, प्रद्युम्न घलेको सङ्गीत र रोशन बान्तवा राईको सङ्गीत संयोजनमा रेकर्ड भएको यस गीतको भिडियो रामसिंह भाटको सिनेम्याटोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन / सम्पादनमा तयार भएको हो l वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यो भिडियो The Divine Music नामक युट्युब च्यानलमा अपलोड भएको छ l