तीजको सम्झनाले मन्दिरालाई बोलायो

तुलसी गिरी ‘भावुक’


लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रीय रहेकी मन्दिरा शर्मा पौडेलले  कम्मर भाँचिन्छ  शीर्षकमा तीज गीतको भिडियो सार्वजनिक गरेकी छिन् । यसअघि चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिरहेकी मन्दिराको आफ्नै स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । शंकर अधिकारी ‘घायल’ को शब्दरचना र मनोज मालेको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडियो पेपेको छयाङ्कन र प्रेम शर्मा पौडेलको सम्पादनमा निर्माण भएको हो । भिडियो Koche Nepal नामक युट्युब च्यानल मार्फत विश्व बजारमा सार्वजनिक भएको छ भने यस गीतको अडियो तथा भिडियोको बजार व्यवस्थापन पनि कोचे मल्टिमिडिया प्रा.लि. ले नै गरेको छ ।

आफू व्यावसायिक गायिका नभए पनि गीत रेकर्ड गर्ने पहिल्यै देखिको रहर बल्ल पूरा भएको जानकारी गराउँदै गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिनका लागि गायिका मन्दिराले आफन्त, शुभचिन्तक र स्रोता / दर्शकहरुलाई अनुरोध गरेकी छिन् ।