आफ्नै निर्देशनको भिडियोमा छमछमी नाचे ललित

तुलसी गिरी ‘भावुक’


म्युजिक मस्ती नेपाल प्रा. लि. को प्रस्तुतिमा भरखरै तीजगीत हाँस हाँस मायालु को भिडियो सार्वजनिक भएको छ l  गोर्खा जनक पुरीको शब्द तथा सङ्गीत रहेको यो गीतमा लोकप्रिय कलाकारहरु वद्रि पंगेनी र टिका सानुले स्वर दिएका छन् l गीतमा जीवन बडूको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको छ भने रेकर्डिङ मनोज डंगोलले गरेका हुन् l  

हाँस हाँस मायालु को भिडियो समिर थोकरको कोरियोग्राफी र ललित के. सी. को निर्देशनमा तयार भएको हो l भिडियोमा एलिना रायमाझी र ललित के. सी. स्वयम्ले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् भने गायक वद्रि पंगेनी र गायिका टिकालाई पनि लिप्सिङमा देख्न सकिन्छ l वीरेन्द्र भाट ‘विपिन’ को सिनेम्याटोग्राफी, सम्पादन र कलर करेक्शन रहेको यो भिडियो वर्ल्डकभर मिडिया को पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l