माइत जान नपाएको पीडा पोख्दै गायिका सुमित्रा गौतम

तुलसी गिरी ‘भावुक’


वर्ल्डकभर मिडिया ले तीजगीत सम्झायो माइतीघर को भिडियो सार्वजनिक गरेको छ l दुर्योधन बस्नेतको शब्दरचना, सुरेश शाहीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा सुमित्रा गौतमले स्वर दिएकी छिन् l

गीतमा तीजमा माइत जान नपाएकी चेलीका पीडाहरु पोखिएको छ भने समीर थोकरको कोरियोग्राफी, ललित के. सी. को निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’ र रामसिंह भाटको सिनेम्याटोग्राफीमा भिडियो निर्माण भएको हो l जसमा वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन एवं कलर करेक्शन गरेका छन् l भिडियोमा लोकेश भाटको सह-सम्पादन रहेको छ l वर्ल्डकभर मिडिया को पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारी लगायतका कलाकारहरुको आकर्षक नृत्य/अभिनय रहेको छ l भिडियो World Cover Media युट्युब च्यानलमा हेर्न सकिन्छ l