सन्देशमूलक गीत ‘भन्थे बाजेले…’

विक्रम बरालको स्वरमा रहेको गीत भन्थे बाजेले… सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत भन्थे बाजेले… को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको सो गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रेम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको सो भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मेहेनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ प्रस्तु्त गरेका छौं l सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुभेल नोट्स नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।