अपेक्षा र रमितको स्वरमा डान्सिङ गीतको भिडियो


-तुलसी गिरी ‘भावुक’

अत्याधुनिक शैलीमा रहेको गीत नाच माया को भिडियो सार्वजनिक भएको छ l नरहरि प्रेमीको शब्द तथा सङ्गीत रहेको यो गीतमा रमित थिङ, अपेक्षा खनाल र नरहरि स्वयम्ले स्वर दिएका छन् l

लक्षु प्रकाश मल्लको सङ्गीत संयोजन र जीवन बडूको रेकर्डिङ / मिक्सिङ रहेको यो गीतको भिडियो पुष्पा पौडेलको निर्देशनमा निर्माण भएको हो l जसमा राजकुमारको सम्पादन रहेको छ l श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको यो भिडियो Narahari Premee नामक युट्युब च्यानलमा अपलोड भएको छ l रमित थिङ र अपेक्षा खनाल दुबै श्रुति सङ्गीत विद्यालयका विद्यार्थी हुन् l