पुन: अर्को भिडियोमा निर्देशक विजय रुम्बा

तुलसी गिरी ‘भावुक’


युवा निर्देशक विजय रुम्बाको निर्देशनमा फेरि अर्को एउटा म्युजिक भिडियो आँखै गाजलु बजारमा आएको छ l प्रयास दोङको शब्दरचना, सङ्गीत र म्युजिक एरेन्ज रहेको यो सेलो शैलीको गीतमा  रन लामा र जितु लोप्चनले स्वर दिएका छन् l निमबाबु तामाङ र निशा पाख्रिन तामाङको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाङ्कन र अमृत चापागाईंको सम्पादनमा निर्मित यस भिडियोमा निमबाबु तामाङ र निशा पाख्रिन तामाङले प्रमुख कलाकारको रुपमा नृत्य / अभिनय गरेका छन् भने कोरसमा पुनम तामाङ, प्रविना श्रेष्ठ, रिया श्रेष्ठ, सुजिता मिजाल, आकाङ्क्षा तामाङ, प्रेम तामाङ, रिजन तामाङ, मेम्बा तामाङ, आशिष तामाङ र सोमु गुरुङले साथ दिएका छन् l

लामो समयदेखि गायनमा क्रियाशील रहँदै आएका विजय रुम्बा केहीबर्ष यता भिडियो निर्देशनमा समेत सक्रिय देखिंदै आएका छन् l