तीजमा रमाईलो गर्न गायिका ईन्दिराको आग्रह


तुलसी गिरी ‘भावुक’

गायिका ईन्दिरा भट्टराईले सँदा झैँ यसपाली पनि तीज गीतको भिडियो सार्वजनिक गरेकी छिन् l  निजी तथा व्यवसायिक सिलसिलामा केही महिना अघि नै दुबई पुगेकी गायिका इन्दिरा कोरोनाका कारण हालसम्म उतै रोकिएकी छिन् l तथापि प्रविधिको सदुपयोग गर्दै उनले उतै बसेर पनि आफ्नै सङ्गीतमा नाचौं, गाऔं, रमाऔं शीर्षकको तीज भिडियो निकालेकी हुन् l भिडियो केहीदिन अघि मात्र उनको आफ्नै युट्युब च्यानल Indira’s Music & Entertainment बाट सार्वजनिक भएको छ l

विनोद बन्जराको शब्दरचना, साहस शाक्यको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ / माष्टरिङ रहेको यस गीतको भिडियो सरस्वती लामाको कोरियोग्राफी, सुमन कुमार श्रेष्ठको निर्देशन, राजु के. सी. को छयाङ्कन र विष्णु शर्माको सम्पादन / कलर करेक्शनमा निर्माण भएको हो l भिडियोमा नितु कोईराला र साथीहरुको आकर्षक नृत्य रहेको छ भने गायिका इन्दिरा र साथीहरुलाई पनि दुबईको लोकेशनमा देख्न सकिन्छ l सकारात्मक भाव बोकेको यस गीतले उमङ्ग र खुशी बाँड्ने प्रयास गरेको छ l तीजमा रोनाधोनाको गीत निकाल्न खासै मन नपराउने ईन्दिराले गतबर्ष नाचौं मितिनी शीर्षकको गीत प्रकाशन गरेकी थिईन् l