धेरैपछि चिरञ्जीवीको म्युजिक भिडियोमा नाचिन् सोनिका

कृष्ण भट्टराई


प्रायःसबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो  बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।‘बदमास‘ शीर्षकको उक्त गीतको भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ ।

उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् l गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । गीतको भिडियो आकर्षक बनेको छ ।दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले समदन गरेका छन् । यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।