प्रेम आकर्षण भावमा गीतकार वसन्तको ‘कोही छन् कि’

गीतकार वसन्त ‘वित्याशी’ थापाले भरखरै प्रेम आकर्षण भावको गीत कोही छन् कि को लिरिकल भिडियो सार्वजनिक गरेका छन् l अशोक राईको सङ्गीत संयोजन तथा सङ्गीत रहेको यो गीतमा देवराज आलेले स्वर दिएका छन् l भकारी म्युजिक को प्रस्तुति रहेको यो लिरिकल भिडियो बेष्ट टोन म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l भिडियो दिपेन बस्न्यातको सम्पादनमा तयार भएको हो l गीतमा कुनै सुन्दरीलाई पहिलोपटक देख्दा नै लट्ठ परेको युवकको मनोदशा पोखिएको छ l