दिलिपले गरे प्रयोगात्मक काम, मन्जुलको कवितामा भिडियो

-तुलसी गिरी ‘भावुक’


लामो समय अघिदेखि जापानलाई कर्मथलो बनाईरहेका निर्देशक दिलिप श्रेष्ठले कवितामा भिडियो निर्देशन गरेर प्रयोगात्मक सिर्जना गरेका छन् l प्रगतिशील कवि मन्जुल को कविता समुन्द्र र बस्ती लाई उनले भिडियोमा उतारेका छन् l जापानकै रमणीय स्थलहरुमा छायाङ्कन गरिएको यस भिडियोमा राजन पौडेल र जापानी कलाकार Kaoru Cecilia Saito ले अभिनय गरेका छन् l जसमा ओम प्रकाश गुरुङ र विक्रम श्रेष्ठको छयाङ्कन तथा शिव पुरीको सम्पादन रहेको छ l कविता सर्जक मन्जुल स्वयंले वाचन गरेका छन् l शिव पुरीद्वारा निर्मित यो भिडियो Mt 8848 Tv नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l  

प्रकृति प्रेमले ओतप्रोत यस कवितामा प्रकृति र मान्छे बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर पार्ने प्रयास गरिएको छ l