प्रेमीहरुलाई शङ्का नगर्न सुनिताको आग्रह

लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा रहेको ‘शङ्काले लङ्का जलाउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । Shanti Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको  यस गीत तथा भिडियोमा प्रेम र विश्वासलाई नै जीवनको आधारको रुपमा व्याख्या गरिएको छ l

शाश्वत प्रेमका भावहरु समेटिएका कारण यो गीत स्रोताको मनमा बस्न सफल हुने विस्वास गायिका सुनिताले व्यक्त गरेकी छिन् । गीतकार तथा समाजसेवी हरि उप्रेतीको शब्द सिर्जना तथा लोकप्रिय सर्जक विकाश चौधरीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका हुन् ।