पहिलोपटक गायकको रुपमा निर्देशक दिलिप

लगभग तीन दशक अघि नै टेलि चलचित्र निर्देशन गरी औपचारिक रुपमा कला यात्रा सुरु गरेका निर्देशक दिलिप श्रेष्ठले हालै ‘सानु तिमी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् l म्युजिक भिडियो, वृत्तचित्र, टेलि चलचित्र, टेलि विज्ञापन आदिको निर्देशनमा लामो अनुभव भएपनि उनले पहिलोपटक आफ्नो स्वरमा रेकर्ड भएको गीतको भिडियो सार्वजनिक गरेका हुन् l अराज केशवको शब्द तथा सङ्गीत र मोहित मुनालको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोमा विक्रम भण्डारीको सम्पादन रहेको छ l रोमाण्टिक भावको यो भिडियो Mt 8848 Tv नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

‘धेरैवर्ष पहिला सिम्फोनिक स्टुडियोमा गीत रेकर्ड गरेको थिएँ तर बिभिन्न कारणले गर्दा त्यो सार्वजनिक भएन l त्यो ईच्छा अधुरै थियो l अहिले आएर पूरा भएको छ’ दिलिप भन्छन् l निर्देशक तथा गायक दिलिप केहीबर्ष अघिदेखि सपरिवार जापानमा बस्दै आएका छन् l गायन आफ्नो शोख मात्र भएको बताउँदै उनी भन्छन् –’अब ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने ईच्छा छ l’