गीतकार सुवेदीको आग्रह ‘भो नपठाऊ शुभकामना’

युवा गीतकार प्रकाश सुवेदीको शब्दरचना तथा हरि लम्सालको सङ्गीत संयोजन / सङ्गीत र स्वर एवं वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा ‘भो नपठाऊ शुभकामना’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ । गीत रचना गर्नुको पृष्ठभूमिका सन्दर्भमा गीतकार सुवेदी भन्छन् –’पूरै विश्व नै कोरोनाको महामारीले प्रताडित भैरहेको बेला हरेक संसारवासीमा अमनचयन, हर्ष, उमङ्ग जस्ता कुराहरु हराउँदै गएका छन्। न त नयाँवर्ष न चाडपर्व जस्ता अवसरहरुले नै मानिसलाई खुशी तुल्याउन सकेको छ । नयाँवर्ष अएपनि कसैको मनमा कुनै हर्ष छैन । छ त केवल खल्लोपन र सन्त्रास मात्र । यस्तो सन्त्रासको बीचमा पनि शुभकामनाहरुको ओइरो लाग्दा कसैले जिस्क्याईरहे जस्तो आभाष भएको छ । त्यसैले मुक्तकीय शैलीमा यो गीत रचना गरिएको हो ।’

SUBSCRIBE 👉

भो नपठाऊ शुभकामना …..
मुहारमा छैन कुनै उमङ्ग हर्ष
के अर्थ आएर  खल्लो नयाँवर्ष
जिस्क्याए झैं लाग्न थाल्यो
भो नपठाऊ शुभकामना
प्रकृति नै बैरी बन्यो दिनचर्या छ सङ्घर्ष
भो नपठाऊ शुभकामना ……..

SUBSCRIBE 👉