युवा गीतकार प्रकाश सुवेदीको शब्दरचना तथा हरि लम्सालको सङ्गीत संयोजन / सङ्गीत र स्वर एवं वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा ‘भो नपठाऊ शुभकामना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीत रचना गर्नुको पृष्ठभूमिका सन्दर्भमा गीतकार सुवेदी भन्छन् –’पूरै विश्व नै कोरोनाको महामारीले प्रताडित भैरहेको बेला हरेक संसारवासीमा अमनचयन, हर्ष, उमङ्ग जस्ता कुराहरु हराउँदै गएका छन्। न त नयाँवर्ष न चाडपर्व जस्ता अवसरहरुले नै मानिसलाई खुशी तुल्याउन सकेको छ । नयाँवर्ष अएपनि कसैको मनमा कुनै हर्ष छैन । छ त केवल खल्लोपन र सन्त्रास मात्र । यस्तो सन्त्रासको बीचमा पनि शुभकामनाहरुको ओइरो लाग्दा कसैले जिस्क्याईरहे जस्तो आभाष भएको छ । त्यसैले मुक्तकीय शैलीमा यो गीत रचना गरिएको हो ।’
भो नपठाऊ शुभकामना …..
मुहारमा छैन कुनै उमङ्ग हर्ष
के अर्थ आएर खल्लो नयाँवर्ष
जिस्क्याए झैं लाग्न थाल्यो
भो नपठाऊ शुभकामना
प्रकृति नै बैरी बन्यो दिनचर्या छ सङ्घर्ष
भो नपठाऊ शुभकामना ……..