वियोगान्त गीतमा गोविन्द, रेखा र रमेश

प्रथम नेपाली महिला चलचित्र सङ्गीतकार रेखा पौडेलको सङ्गीतमा रेकर्ड भएको गीत ‘सपना’ को भिडियो भरखरै सार्वजनिक भएको छ l गोविन्द प्रसाद उपाध्यायको शब्दरचना रहेको यस गीतमा महाराज थापाले सङ्गीत संयोजन गरेका छन् भने रमेश रेश्मीले स्वर दिएका छन् l भिडियो Saleena Music नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l गीत वियोगान्त भावमा रहेको छ l जसमा पिरती बिझाउने काँडा भएको छ l पिरतीले पोलेको छ अनि देह भित्रभित्रै जलेको छ l