आफ्नै भाका र संस्कृति बोकेको भिडियो ‘बित्ला है जोवन’

यादव कुमार भट्टराई


सङ्खुवासभाको सङ्गमस्थल तीनजुरे, चौकी, मङ्गलबारे, म्याङ्लुङ जिरिखिम्तीमा लाग्ने बर्षदिने रमाईलो ऐतिहासिक खरण्डे मेला अनि  लालिगुराँश नगरपालिका अन्तर्गत वसन्तपुरको रमाईलो सुन्दर चो लुङ पार्कमा सुटिङ सम्पन्न गरिएको म्युजिक भिडियो ‘बित्ला है जोवन’ सार्वजनिक भएको छ । यस भिडियोमा दर्शकले अत्याधिक मन पराएको म्युजिक भिडियो ‘सिङ्गौरी’ का लोकप्रिय मोडल योगेन राई र आशा चोङ्बाङ्क्याकको बेजोड अभिनय देख्न सकिन्छ । बुद्धवीर चोङ्बाङ्क्याक, चन्द्र फागो चोङ्बाङ, पत्रकार टि. आर. सेनेहाङ, लाम्देङमा फिल्मका नायक देवेन्द्र चोङ्बाङ, सीता तुम्बाहाङ्फे, अमृता लिम्बू, बिक्की थापा मगर आदिको अभिनय रहेको यो म्युजिक भिडियो शिरकुमार साम्पाङले खिचेका हुन् ।

गाउँघरतिरको हाटबजार जाँदाको रमाईला क्षणलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको यो म्युजिक भिडियोमा देओ कृष्ण देवानले सुन्दर कोरियोग्राफी गरेका छन् भने निर्देशनको पाटो गायक तथा कुशल सङ्गीतकार खगेन्द्र यक्सोले सम्हालेका छन् । सुवी राईको शब्द र सङ्गीतको यो मीठो गीतमा उही सुमधुर स्वरका धनी खगेन्द्र यक्सो र लोकप्रिय गायिका आभा मुकारुङको स्वर रहेको छ । युट्युब च्यानल यूमा आर्ट्समा हेर्न सकिने यो भिडियोमा रोयल डान्स सेन्टर धरानका भाइ बहिनीहरुको आकर्षक नृत्य हेर्न सकिन्छ ।