स्वास्थ्य शिविर तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा ‘कलाकारहरुको नाक, कान, घाँटी जाँच तथा बृहत् साँस्कृतिक कार्यक्रम – २०७६’ भब्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष सुजन बराईलीको अध्यक्षता एवं ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजि लगायत लोकदोहोरी सर्जक / कलाकारहरु राजु ढकाल, हरि डाँगी, पिएन सापकोटा, सुजन लम्साल, उपत्यका समन्वय समिति अन्तर्गतका ९ वटै समितिका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत थुप्रै कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम केन्द्रीय सदस्य तथा सञ्चारकर्मी राज कुमार रायमाझीले सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए । कार्यक्रम जावलाखेल चिडियाखाना अगाडि खेल मैदानसँगैको खुला ठाउँमा आयोजना भएको थियो l

समारोहमा अल्का अस्पताल प्रा. लि. र रक्त सञ्चार केन्द्र ललितपुरको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर र  रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो भने कलाकारहरुले साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए l  सो कार्यक्रमलाई सफल पार्न बिभिन्न ब्यक्ति एवं संघ संस्थाहरुबाट आर्थिक सहयोग समेत प्राप्त भएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरु, सो कार्यक्रम सफल पार्नका लागि महत्वपूर्ण योगदान पुरयाउने दाता, समाजसेबी, सल्लाहकार, पत्रकार लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।