गायिका पन्तद्वारा रेकर्डिङ स्टुडियोको उद्घाटन


तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायिका अञ्जु पन्तले ‘मिरा साउण्ड रेकर्डिङ स्टुडियो’ को उद्घाटन गरेकी छिन्  l काठमाण्डौको धोबिधारमा स्थापित सो रेकर्डिङ स्टुडियोको गायिका पन्तले गत बिहिबार रिबन काटेर उद्घाटन गरेकी हुन् l गीतकार हरि उप्रेती र गायक लोक पौडेल सञ्चालक र मीरा पाठक प्रोप्राइटर रहेको सो स्टुडियो सङ्गीतकार विकाश चौधरीको व्यवस्थापनमा सञ्चालनमा आउने कुरा थाहा भएको छ l स्टुडियोले गीत रेकर्डिङका अतिरिक्त ड्रोन सहित म्युजिक भिडियो निर्माणका लागि चाहिने सम्पूर्ण प्राविधिक उपकरणहरु समेत उपलब्ध गराउने कुरा बताईएको छ l

कार्यक्रममा अमेरिकामा रहेका स्टुडियोका सञ्चालक लोक पौडेल र प्रोप्राइटर मीरा पाठकले अञ्जु पन्त फाउण्डेशनका लागि पठाएको सहयोग रकम रू. २५ हजार ५ सय ५५ समेत हस्तान्तरण गरिएको थियो l समारोहमा वरिष्ठ चलचित्र लेखक / निर्देशक लय सङ्ग्रौला, लेखक / निर्देशक ओम प्रतिक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन, सङ्गीत कला पत्रकार सङ्घका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो l स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङको काम गोविन्द सोनीले गर्ने छन् l