नमराज र गीतादेवीको ‘निष्ठुरीलाई छड्के सलामी’

नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा रहेको ‘निष्ठुरीलाई छड्के सलामी’ { दु:खीको दैलोमा -२ } काँठे भाकाको लोकदोहोरीको भिडियो सार्वजनिक भएको छ l माधव बहादुर थापाको शब्दरचना तथा गीतका गायक समेत रहेका नमराजकै सङ्गीत रहेको यस गीतको भिडियो Sunakhari Multimedia नामक युट्युब च्यानलबाट बजारमा आएको हो l

काजिश श्रेष्ठको निर्देशन रहेको यस भिडियोमा काजिश, साया भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ भने सागर गौतमले छायाङ्कन र दीपक विष्टले सम्पादन गरेका छन् l वियोगान्त भावमा रहेको यस गीतमा सारा सपना खरानी बनाएर धोका दिनेलाई आफ्नो मलामी समेत नआउन आग्रह गरिएको छ l हृदयविदारक भाकामा रहेको यो गीतलाई नमराज र गीतादेवीको स्वरले पूर्ण रुपमा न्याय गरेको छ l