‘बबाल’ को लोकप्रियता पछि ‘मेरा काला दारी’

‘बबाल’ को लोकप्रियता पछि गायक अर्जुन पौडेलले नेपाल आइडलकी जज एबम चर्चित गयिका इन्दिरा जोशीसँगको युगल स्वरमा ‘मेरा काला दारी’  बजारमा ल्याएका छन् । दीपक शर्माको सङ्गीत रहेको यो गीतमा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ ।

गीतले धेरै दर्शक तथा स्रोताको मन जित्ने आशा लिएको गायक पौडेल बताउँछन् । गीतको भिडियोमा आँचल शर्मा र रन्जित पौडेलका साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो गम्भीर विष्टको निर्देशनमा  तयार भएको हो । जसमा नवराज उप्रेतीको छायाङ्कन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी रहेको छ ।