मेलिना र चिरञ्जीवीको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक

तुलसी गिरी ‘भावुक’

प्रतिमा गुरुङको शब्दरचना रहेको गीत ‘बिस्तारै बिस्तारै तिमी मेरी हुनु’ को भिडियो सार्वजनिक भएको छ । चिरञ्जीवी भण्डारी र मेलिना राईको स्वर रहेको यो गीतमा चिरञ्जीवी स्वयमकै सङ्गीत रहेको छ । भिडियोमा प्रेमी जोडीको सुमधुर सम्बन्धलाई देखाएको छ । प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत सङ्गीतलाई अत्याधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् । 

गीतकार प्रतिमा गुरुङद्वारा रचित गीत ‘आमा ओ मेरी आमा’ केही समय पहिला चर्चामा रहेको थियो । अहिले सार्वजनिक भएको ‘बिस्तारै बिस्तारै’ गीतको भिडियो सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको हो भने भिडियोमा उत्सव दाहालको छायाङ्कन र विष्णु खड्काको सम्पादन रहेको छ । भिडियोमा गायक / सङ्गीतकार  चिरञ्जीवी भण्डारी र जेबिका कार्कीको रोमान्टिक अभिनय रहेको छ । भिडियो गायक  चिरञ्जीवीको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ ।