डी. पी. र मधुको भ्यालेन्टाईन उपहार ‘जाऊँ न सरर’

चर्चित गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल सिजन २’ बाट उदाएका प्रतिभाशाली गायक मधु लामाले भ्यालेन्टाईनको अवसर पारेर आफ्नो नयाँ गीत ‘जाऊँ न सरर’ को भिडियो सार्वजनिक गरेका छन् । पछिल्लो पुस्ताका लोकप्रिय गीतकार डि.पी. खनालको शब्दरचना रहेको यस गीतमा मनोज थापा मगरले सङ्गीत तथा सङ्गीत संयोजन गरेका छन् ।

मनोज थापा मगर र रक्षा बस्नेतको अभिनय रहेको यो भिडियो गायक मधु लामा स्वयंको निर्देशनमा निर्माण भएको हो । अनिल कट्वालको छाङ्याकन तथा बिजेस पौडेलको सम्पादन रहेको यो भिडियो ‘डश म्युजिक नेपाल’ नामक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।