अमृत रामदामको पञ्चेबाजा गीत ‘आऊ न मायालु’

म्याग्देली गायक अमृत रामदामको नयाँ साङ्गीतिक कोसेली ‘आऊ न मायालु’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको शब्द र सुन्दर हमालको सङ्गीत रहेको छ । गायक अमृत रामदामले साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत ‘आऊ न मायालु’ लाई दर्शक – श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको यो भिडियोमा राजेश घिमिरे र पशुपति बस्यालको छायाङ्कन र विष्णु शर्माको सम्पादन रहेको छ भने लोमस शर्मा र जुना गुरुङले प्रमुख मोडलका रुपमा अभिनय गरेका छन् l यसैगरी बेहुला बेहुलीको भूमिकामा रमेश सुनार र मञ्जु सुनारलाई देख्न सकिन्छ । मौलिक पञ्चेबाजा गीत ‘आऊ न मायालु’ को भिडियो गायक अमृतकै गृह जिल्ला म्याग्दीको पुलाचौरमा छायाङ्कन गरिएको हो l