साइमनको स्वरमा ‘मोबाइल’

साइमनको स्वरमा रहेको र्‍याप गीत ‘मोबाइल’ सार्वजनिक भएको छ । साइमनकै सङ्गीत र अष्टिनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विट, मिक्स / माष्टरिङ ‘पिग इ प्रोड’ को रहेको गीतको भिडियोलाई राज पोखरेलले छायाङ्कन गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । अष्टिन तमाङको निर्देशन रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा साइमान र दिब्या खड्कालाई फिचर्ड गरिएको छ । भिडियोमा मोबाइलले पार्ने असरलाई देखाउन खोजिएको छ । साइमनको यो दोस्रो गीत हो । उनको पहिलो गीत फ्राईडे नाईट रहेको थियो ।