‘म भन्दा नि-३’ का दुई भिडियो महिला र पुरुष भर्सनमा

‘आँसु झर्दा पुछिदिने तिम्रै निम्ति म थिएँ नि
धेरै माया गर्ने तिम्लाई पायौ कि त म भन्दा नि’

सुरेन्द्र महर्जन ‘अमर’ को शब्दरचना तथा पुस्कर सुनुवारको सङ्गीत एवं सङ्गीत संयोजन रहेको वियोगान्त प्रेमगीत ‘म भन्दा नि – ३’ को महिला र पुरुष भर्सन एकैसाथ भिडियोमा रिलिज भएका छन् l यो गीत यसअघि बजारमा आईसकेका ‘म भन्दा नि’ १ र २ को निरन्तरता भएको कुरा गीतकार ‘अमर’ ले जानकारी गराए l महिला भर्सनको गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने पुरुष भर्सन प्रदिप ग्लानले गाएका हुन् l

मेलिना राईको स्वर रहेको गीत ‘लिरिकल भिडियो’ को रुपमा र प्रदिप ग्लानले गाएको गीत ‘स्टुडियो भिडियो’ को रुपमा सार्वजनिक भएका छन् l ‘स्टुडियो भिडियो’ को छायाङ्कन श्रीराज गौतमले गरेका हुन् l अपलोड भएको छोटो समयमै ‘लिरिकल भिडियो’ ले २३ हजार भन्दा बढी अर्ग्यानिक भ्युज पाईसकेको छ l दुबै भिडियो गीतकार ‘अमर’ ले आफ्नै युट्युब च्यानल Amar song’s बाट रिलिज गरेका छन् l