राजेन्द्र र टिकाको रोमान्टिक गीत ‘आँखामा तिमी छौ’

लोकप्रिय गीतकार डी. पी. खनालको शब्दरचना, राजेन्द्र बजगाईंको सङ्गीत तथा राजेन्द्र बजगाईं र टिका प्रसाईंको स्वरमा रहेको गीत ‘आँखामा तिमी छौ’ को भिडियो युट्युबबाट सार्वजनिक भएको छ l भिडियो एकदिन अघिमात्र रिलिज गरिएको हो l सङ्गीतकार तथा गायक  राजेन्द्रकै म्युजिक एरेन्ज रहेको यस गीतको भिडियो राजेन्द्रकै निर्देशनमा निर्माण भएको हो l जसमा रोहनरत्न बागचन र प्रसिद्ध महिला रेस्लर अस्मिता ‘जुरेली’ को अभिनय रहेको छ l

कागबेनी, जोमसोम र मुक्तिनाथ जस्ता ऊच्च पहाडी भेगमा छयाङ्कन गरिएको यस रोमान्टिक प्रेमगीतको भिडियोमा हिउँका सेताम्मे फाँट र हिउँले ढाकेका मनमोहक डाँडापाखाहरु कैद गरिएको छ l भिडियोमा क्यामेरा र ड्रोन रक कौशलले चलाएका हुन् भने विकाश दाहालको सम्पादन रहेको छ l भिडियो एकदिन अघि मात्र राजेन्द्रकै युट्युब च्यानल  Rajendra Bajgai मा अपलोड भएको छ l