२५० बर्ष अघिको लोकभाका ‘गाईलाई चराउँदै’

तुलसी गिरी ‘भावुक’

Sandesh Nepal T.V Kamal Chanchal ले ‘गाईलाई चराउँदै’ बोलको लोकदोहोरी भिडियो सार्वजनिक गरेको छ l कमल भुसाल ‘चञ्चल’ को शब्द तथा सङ्गीतमा रहेको यस गीतमा कमल भुसाल ‘चञ्चल’ र कृष्णा परियारको स्वर रहेको छ l लगभग २ सय ५० बर्ष अघिका पुर्खाहरुले गाउने गरेको ऐतिहासिक भाकामा यो गीत तयार पारिएको कुरा गीतका सर्जक कमलले जानकारी गराएका छन् l गीतमा रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको छ l

प्रस्तुत गीतको भिडियो शिवन पोखरेलको निर्देशनमा निर्माण भएको हो भने भिडियोमा महेरा महराले क्यामेरा तथा ड्रोन चलाएका हुन् l भिडियोमा गिरिराज भुसालको सम्पादन रहेको छ l
दर्जनौं कलाकारहरुको अभिनय रहेको यस भिडियोमा गीतका सर्जक कमल भुसाल ‘चञ्चल’ लगायत साया भण्डारी, चित्रमाया श्रेष्ठ ‘क्रिष्टिना’, सरु विष्ट, रुपा भुसाल, विक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेत बहादुर सेन, मित्र घर्ती, शिवहरि अर्याल, मुकुन्द प्रसाद रेग्मी, लेखनाथ भुसाल, प्रेम भुसाल, निर्मला भुसाल, गोपाल परियार, सागर पौडेल आदि कलाकारहरुलाई देख्न सकिन्छ l यसैगरी बालकलाकारको रुपमा सन्देश भुसाल, कुशुम थापा, मिस्कल भुसाल, प्रमिशा अर्याल र ट्वीटर भुसालको समेत अभिनय रहेको छ l

पहाडी ग्रामिण परिवेशमा छायाङ्कन गरिएको यो भिडियोका दृश्यहरु निक्कै मनमोहक छन् l भिडियोलाई पूर्णतया साँस्कृतिक र नेपाली ग्रामिण जनजीवनको यथार्थसँग ढालेर निर्माण गर्ने भरपूर प्रयास गरिएकोले पनि यो भिडियोमा हरेक नेपालीहरुले अपनत्व महसुस गर्न सक्दछन् l २ दिन अघि मात्र युट्युबमा अपलोड भएको यो भिडियोले यो समाचार लेखिरहँदा ४ हजारको नजिक नजिक भ्युज प्राप्त गरिसकेको छ l