गायक सीताराम पोखरेल थाईल्याण्डमा सम्मानित

लोकप्रिय गायक सीताराम पोखरेल ‘ग्लोबल इन्टरनेशनल अवार्ड २०१९’ मा सम्मानित भएका छन् l वर्ल्ड वाइड मिडिया इन्टरनेशनलद्वारा केहीदिन अघि थाईल्याण्डमा आयोजित सो अवार्ड समारोहमा गायक पोखरेललाई सम्मान गरिएको हो l थाइल्याण्डका प्रसिद्ध पर्यटन व्यावसायी एनोथाई थोङ्थानोम, संस्थाका सभापति तथा गायक रामकृष्ण श्रेष्ठ र संस्थाका सीईओ वचन श्रेष्ठले गायक पोखरेललाई संयुक्त रुपमा सम्मान गरेका थिए l  तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत – सङ्गीतको क्षेत्रमा सक्रीय रही राष्ट्रिय – अन्तर्राष्ट्रिय रुपमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी गायक पोखरेललाई सम्मान गरिएको कुरा आयोजकले जानकारी गराएका छन् l

अवार्ड समारोहमा गायक सीताराम पोखरेलसँगै समाजका बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अन्य केही व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो l गायक पोखरेलले यसअघि पनि मुलुकभित्र र बाहिर गरी दर्जनौं सम्मान, पुरस्कार तथा अवार्डहरु प्राप्त गरिसकेका छन् l