‘नेपाल सङ्गीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ सम्पन्न

  • तुलसी गिरी ‘भावुक’

‘नेपाली गीत – सङ्गीत र संस्कृति संरक्षणको अभियान, व्यावसायिक एकता सहितको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सङ्गीत व्यावसायीहरुको एकमात्र छाता संस्था ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ { Association of Music Industries Nepal } द्वारा प्रथमपटक आयोजित ‘नेपाल सङ्गीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ भव्यताकासाथ सम्पन्न भएको छ l गत मङ्सिर ३० गते आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको मेघा हलमा समारोहको आयोजना गरिएको थियो l नेपाली भाषाका आधुनिक, पप, लोक तथा लोकदोहोरी, चलचित्र लगायत मैथिली, भोजपुरी, राई, लिम्बू, गुरुङ, थारु आदि भाषाभाषी गीत समेतको सहभागिता रहेको सो अवार्ड कार्यक्रमको रौनकता विगतका अवार्ड समारोहहरु भन्दा फरक थियो l

समारोहमा विभिन्न जातजातिका साँस्कृतिक झाँकी समेतको प्रदर्शन गरिएको थियो l नेपाल टेलिभिजन मिडिया पार्टनर र उद्योग वाणिज्य महासङ्घ प्रमोटरको रुपमा रहेको यस अवार्ड कार्यक्रमलाई नेपालका प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानहरु लगायत चलचित्र विकाश बोर्डले समेत प्रायोजन गरेका थिए l समारोहमा ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ का अध्यक्ष सूर्य बहादुर मगरले अतिथिहरुको स्वागत गर्दै अवार्ड आयोजना गर्नुका कारण र औचित्यबारे आफ्नो धारणा राख्नुभएको थियो l

नेपाली सिने क्षेत्रका दुई होनहार व्यक्ति चलचित्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराई र दीपक क्षेत्रीको असामयिक निधन भएपछि आइतबार नै अन्त्येष्ठीको कार्यक्रम रहेकोले समारोहमा सिने क्षेत्रका व्यक्तिहरुको उपस्थिति एकदमै न्यून रहेपनि प्रज्ञा प्रतिष्ठानको सभा हलमा दर्शकहरुको खचाखच भीड थियो l

समारोहमा प्रतिष्ठित कलाकारद्वय ‘मह’ लाई संयुक्त रुपमा नगद रु ५५ हजार ५ सय ५ सहित लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गर्ने योजना रहेपनि केशव भट्टराई र दीपक क्षेत्रीको अन्त्येष्ठीका कारण उहाँहरु अनुपस्थित रहनुभयो l सो सम्मान नेपाल सङ्गीत उद्योग सङ्घका कोषाध्यक्ष मेघराज मगरातीले ग्रहण गर्नुभएको थियो l यसैगरी लोकप्रिय गायक रामकृष्ण ढकाललाई ‘रजत स्वर सम्मान’ द्वारा सम्मानित गरिएको थियो भने कार्यक्रममा गीत-सङ्गीतको प्रयोग भए वापत आयोजक संस्थाले रु. १० हजार रोयल्टी सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेको थियो l

अवार्ड कार्यक्रममा प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी सङ्गीत क्षेत्रका ७६ सर्जक, कलाकार तथा प्राविधिकहरुले अवार्ड तथा पुरस्कार प्राप्त गरेका थिए l यसैगरी समारोहमा कुलेन्द्र बि. क., रामकृष्ण ढकाल र तुलसी पराजुलीले गीत प्रस्तुत गरेका थिए भने शंकर बि. सी. र उनको समूह, शिव बि. क. र उनको समूह, नोवेल एकेडेमीमा विद्यार्थीहरु लगायतले नृत्य देखाएका थिए l कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो l कार्यक्रम लोकप्रिय संचारकर्मी दिनेश डी. सी. र तारा ब्लोनले संचालन गरेका थिए l

अवार्डका विधा र विजेताहरु:

१} गायिका { लोकदोहोरी } – सरिता कार्की
२} नव गायिका { लोकदोहोरी } – जया छन्त्याल
३} गायक { लोकदोहोरी } – कुलेन्द्र बि. क.
४} नव गायक { लोकदोहोरी } – युवराज मगर
५} गीतकार { लोकदोहोरी } – गायत्री थापा
६} नव गीतकार { लोकदोहोरी } शिव पौडेल
७} भाका { लोकदोहोरी } – शिव हमाल
८} एरेन्जर { लोकदोहोरी } – विश्वास नेपाल
९} सम्पादक { लोकदोहोरी } सुजन शाही
१०} छयाङ्कन { लोकदोहोरी } – दुर्गा पौडेल
११} भिडियो निर्देशक { लोकदोहोरी } – शिव बि. क.
१२} मोडल पुरुष { लोकदोहोरी } – शंकर बि. सी.
१३} नव मोडल पुरुष { लोकदोहोरी } – आनन्द गुरुङ
१४} मोडल महिला { लोकदोहोरी } करिष्मा ढकाल
१५} नव मोडल महिला { लोकदोहोरी } – कन्चन पुन मगर
१६} मगरभाषा गीत – कविता आले
१७} राईभाषा गीत – अशोक मुकारुङ
१८ } थारुभाषा गीत _ उपेन्द्र कुमार चौधरी
१९} मैथिलीभाषा गीत – रुद्रसेन विश्वकर्मा
२०} भोजपुरीभाषा गीत – झोटन मेहता
२१ } देउडा गीत – धर्मराज न्यौपाने
२२} गुरुङभाषा गीत – दुर्गा गुरुङ
२३} भजन – रेशम सापकोटा
२४} शब्द { आधुनिक } – सुजन तिगेला
२५} नव गीतकार { आधुनिक } – रविमान सिंह बस्न्यात
२६} सङ्गीत { आधुनिक } – राजकुमार बगर
२७} नव सङ्गीतकार { आधुनिक } जेपी नेम्बाङ
२८} गायक { आधुनिक } – शिव परियार
२९} नव गायक { आधुनिक } – एबी आङ्देम्बे
३०} सङ्गीत संयोजक { आधुनिक } – चन्दु गोर्खाली
३१} भिडियो सम्पादक { आधुनिक } – वीरेन्द्र भाट ‘विपिन’
३२} छायाकार { आधुनिक } – अजय रेग्मी
३३} भिडियो निर्देशक { आधुनिक } – काजिश श्रेष्ठ
३४} गायिका { आधुनिक } – अञ्जु पन्त
३५} नव गायिका { आधुनिक } – तुलसा आङ्देम्बे
३६} मोडल पुरुष { आधुनिक } – दुर्गेश थापा
३७} नव मोडल पुरुष { आधुनिक } – विकाश गुरुङ
३८} मोडल महिला { आधुनिक } – रश्मी श्रेष्ठ
३९} गीतकार { पप } – डी. पी. खनाल
४०} सङ्गीतकार { पप } – अर्जुन कौशल
४१} गायक { पप } उत्तम थापा
४२} नव गायक { पप } – शंकर थापा
४३} मोडल { पप } – विनोद श्रेष्ठ
४४} गीतकार { चलचित्र } – लोकराज अधिकारी
४५} सङ्गीतकार { चलचित्र } – राजनराज शिवाकोटी
४६} गायक { चलचित्र } – राजनराज शिवाकोटी
४७} गायिका { चलचित्र } – मिना निरौला
४८} गीतकार { लोकगीत } – कल्पना योङ्हाङ
४९} लय { लोकगीत } शशी गुरुङ
५०} गायक { लोकगीत } अशोक मुकारुङ
५१} टिपिकल गायक – प्रकाश गुरुङ
५२} गायिका { लोक } – सीता थापा
५३} टिपिकल गायिका – बिमा कुमारी दुरा
५४} सङ्गीत संयोजक { लोकगीत } – चन्दु गोर्खाली
५५} निर्देशक { लोकगीत } दिप गुरुङ
५६} स्वदेशगीत – डा. आश बहादुर तामाङ
५७} दशक गीत { शब्द } – बी. बी. थापा
५८} पब्लिक च्वाइस अवार्ड – अशोक बी. के.
५९} रजत स्वर सम्मान – रामकृष्ण ढकाल
६०} तामाङभाषा गायक – फूल कुमार बोम्जन
६१} तामाङभाषा गायिका – इन्दिरा गोले
६२} तामाङ निर्देशक – अजय स्याङ्तान
६३} लिम्बूभाषा गायक – जे. पी. नेम्बाङ
६४} लिम्बूभाषा गायिका – देशु सुहाङ
६५} टप्पागीत – कृष्ण रेउले
६६} सङ्गीत संयोजक { चलचित्र } उदयराज पौडेल
६७} जुरी अवार्ड – तुलसी पराजुली
६८} जुरी अवार्ड – भीषण मुकारुङ
६९} पब्लिक च्वाइस अवार्ड – ललित के. सी.
७०} पब्लिक च्वाइस अवार्ड – सुनिल लामिछाने
७१} पब्लिक च्वाइस अवार्ड – पृथ्वी गुरुङ
७२} पब्लिक च्वाइस अवार्ड – हरिमाया गुरुङ
७३} इन्करेजमेन्ट अवार्ड – राम गगन
७४} इन्करेजमेन्ट अवार्ड – योगेश मगर
७५} थालीनाच मोडल – दिल कुमारी राम्जाली गर्बुजा
७६} सुनुवार गीत – पूजा सुनुवार