१६ औं राष्ट्रिय ज्यापू दिवस तथा य:मरि पुन्हीको उपलक्ष्यमा नगद पुरस्कार, पदक तथा विशेष सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । ज्यापू संस्कृति कोषका अध्यक्ष मंगल सिंहको सभापतित्व तथा उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । नेवारी बाजागाजा र परम्परात्मक भेषभूषा सहित नगर परिक्रमा गरी हजारौंको संख्यामा नेवारहरु वसन्तपुर पुगेका थिए । र्याली वसन्तपुर पुगेपछि सभामा परिणत भएको थियो । हरेकबर्ष लाखौं नेवारहरूको सहभागितामा राजधानीमा यसैगरी ज्यापू दिवस मनाउने गरिएको छ ।
![](https://emusicdiary.com/wp-content/uploads/2019/12/jyapu-diwas-16-2-1024x512.jpg)
सभामा बिभिन्न विधामा उच्च ख्याति आर्जन गरेका ज्यापू समुदायका दर्जनौं व्यक्तिहरुलाई विधागत रुपमा सम्मानित गरिएको थियो । जस अनुसार कवि, गीतकार, गायक, चित्रकार, तथा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ विषेश सम्मानबाट सम्मानित भएका थिए भने ज्यापू बाल प्रतिभा पुरस्कारबाट गुन्जन महर्जनलाई पुरस्कृत गरिएको थियो । यसैगरी शैक्षिक क्षेत्रबाट जुजुमान महर्जन, खेलकुदबाट सुनिता महर्जन र उज्ज्वल महर्जन, संस्कृति / सङ्गीतबाट नरेश प्रजापती, सञ्चारबाट लक्ष्मणमान डंगोल र रत्नकाजी महर्जन, कलाबाट मनिका डंगोल, समाजसेवाबाट सरिता महर्जन, सुवर्ण केसरी महर्जन, कृष्णलाल महर्जन, बाबुकृष्ण महर्जन, डा. मृगेन्द्रलाल सिंह, हरिराम जोशी, कृष्ण गोपाल श्रेष्ठ, देव नेवार, एस. पि. प्रधान, सोम बहादुर श्रेष्ठ, डा. हिरामन प्रधान, जितेन्द्र लाल श्रेष्ठ ‘रसिक’, रत्नकेशरी प्रजापति, रत्नकाजी महर्जन, भाइराजा महर्जन, ज्ञानमाया महर्जन, जोगलाल महर्जन, नारायणकृष्ण महर्जन, बुद्धि बहादुर महर्जन, तुल्सी बहादुर घवा:, पुर्णमान महर्जन र तीर्थनारायण महर्जन आदिलाई नगद पुरस्कार र पदक सहित सम्मान गरिएको थियो ।
![](https://emusicdiary.com/wp-content/uploads/2019/12/jyapu-diwas-16-3-1024x551.jpg)
समारोहमा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, कार्यक्रम संयोजक सन्त कुमार महर्जन, युवराज दुवाल, माननीय कृष्ण गोपाल, राजभाइ डकर्मी, पूर्व राज्यमन्त्री तीर्थराम डंगोल, पूर्व मन्त्री पम्फा भुसाल, माननीय राजेश शाक्य, तीर्थनारायण महर्जन, माननीय दिनेश महर्जन, गोदावरी न.पा. का मेयर गजेन्द्र महर्जन, ललितपुर उप महानगरका मेयर चिरीबाबु महर्जन, भक्तपुरका मेयर सुनिल प्रजापती, कीर्तिपुरका मेयर रमेश महर्जन लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)