डीपी, राजेन्द्र र विजयको सहकार्यको नयाँ गीत ‘ओ नारान’ भिडियोमा

गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’ को भिडियो सार्वजनिक भएको छ । डि.पी. खनालको शब्द र राजेन्द्र बजगाईंको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडियो ‘डश म्युजिक नेपाल’ को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा नेपालकी चर्चित महिला रेस्लर तथा मोडेल अस्मिता ‘जुरेली’ र नव मोडेल रञ्जन अर्याललाई फिचरिङ्  गरिएको छ। शिव वि.क. को निर्देशनमा बनेको यस भिडियोमा रामेश्वर कार्कीको छायाङ्कन र विकाश ज्ञवालीको सम्पादन रहेको छ । गायक विजय थापाको यसअघि पनि ‘पूर्बेली शहर’ लगायतका  गीतहरु दर्शकले धेरै रुचाएका थिए ।

Video Link