गोविन्द र रेखाको प्रेमगीत ‘बेई*मानी पाराको’

प्रथम नेपाली महिला फिल्म सङ्गीतकारको इतिहास बनाएकी सर्जक रेखा पौडेलको सङ्गीतमा प्रेम आकर्षण भावको युगल गीत ‘बेई*मानी पाराको’ को भिडियो सार्वजनिक भएको छ l गीतमा सङ्गीतकार रेखाले नै स्वर दिएकी छिन् भने उनलाई गायक मेख खड्काले साथ दिएका छन् l गोविन्द प्रसाद उपाध्यायको शब्दरचना रहेको यो गीतमा सुमन के. सी. को म्युजिक एरेन्ज रहेको छ l

गीतको भिडियो रामजी लामिछानेको कोरियोग्राफीमा निर्माण भएको हो भने छायाङ्कन रामेश्वर कार्कीको र सम्पादन भूपेन चौधरीको रहेको छ l भिडियोमा शिशिर भण्डारी, आशिष्मा नकर्मी, सारिका घिमिरे, ईन्द्र राम्जाली, गोविन्द श्रेष्ठ, शर्मिला भट्ट, सफल जोशी, कुश थापा आदि कलाकारले अभिनय गरेका छन् l गीतमा कसैको यादमा बढेको वे*चैनी, व्याकु*लता, छट्प*टी र मीठा झझल्कोहरु व्यक्त भएका छन् l प्रारम्भमा गायिका बन्ने लक्ष्यका साथ सङ्गीत क्षेत्रमा प्रवेश गरेकी रेखाले सङ्घर्षका दौरान सङ्गीत सिर्जनालाई आफ्नो प्रमुख विधा बनाए पनि शब्दरचना र गायनलाई समेत उनले निरन्तरता दिंदै आएकी छिन् l


Video Link