मिरा गिरीको ‘अमिलो अम्चुर’

लोक तथा दोहोरी गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ । राजधानीको दरबारमार्गस्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रममा केहीदिन अघि ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का नवनिर्वाचित अध्यक्ष रमेश बिजीले सो भिडियो बिमोचन गरेका थिए । अध्यक्ष बिजीकै शब्दरचना रहेको सो गीतमा मीरालाई गायक नेत्र भण्डारीले स्वरमा साथ दिएका छन् भने ग्रुप आवाजमा ध्रुवराज धिताल, प्रेमा राना मगर र रुपी सिंजाली मगरले साथ दिएका छन् ।

ध्रुवराज धितालकै सङ्गीत रहेको यस गीतमा कृष्ण बिकको सङ्गीत संयोजन रहेको छ । भिडियोमा सुनिल क्षत्रीको निर्देशन, नवराज उप्रेतीको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा निर्देशक सुनिल छेत्री र नायिका ऋचा थापाले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् । भिडियो केहीदिन अघि गायिका मिरा गिरीकै युट्युब च्यानल Mira Giri बाट सार्वजनिक भईसकेको छ । कार्यक्रम कलाकार दिनेश काफ्लेले सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए ।


Video Link