कोही भन्छन् फूल मलाई…’ अब भिडियोमा

गायिका सुमिता राईको नयाँ म्युजिक भिडियो बजारमा आएको छ l केही समय अघि रिलिज भएको उनको एकल स्वरको एल्बम ‘सगुन’ मा रहेको गीत ‘कोही भन्छन् फूल मलाई कोही भन्छन् जून’ को यो भिडियो गत मङ्सिर १५ गते उनले आफ्नै युट्युब च्यानल Sumita Rai बाट सार्वजनिक गरेकी हुन् l मुकेश राईको शब्दरचना र विक्रम राईको सङ्गीत रहेको यो गीतको भिडियो गोविन्द राईको निर्देशन एवं कोरियोग्राफी, अकिल बजगाईंको छायाङ्कन र प्रकाश एसकेको सम्पादनमा तयार भएको हो l भिडियो खरुन राईले निर्माण गरेका हुन् l

यौवनले ढकमक्क फुलेकी एउटी शोडषीको मनोभाव गीतमा व्यक्त भएका छन् भने अनुभवी एवं लोकप्रिय निर्देशक / कोरियोग्राफर गोविन्द राईले भिडियोमा आफ्नो सिर्जनशीलता भरपूर प्रस्तुत गरेका छन् l गीत यसैपनि कर्णप्रिय थियो नै, भिडियोले अझ भाव र स्वरमा प्राण भर्ने काम गरेको छ l जीवन्त रुपमा उतारेको छ l भिडियोकी प्रमुख कलाकार केकीलाई सुन्दर सुन्दर पहिरन र मनमोहक लोकेशनमा अप्सरा झैं देखिएको छ l

नेपाली सङ्गीत आकाशमा श्रोताका लागि मीठो ‘सगुन’ लिएर उदाएकी प्रतिभाशाली गायिका सुमितालाई यस भिडियोले संसारभरि छरिएर रहेका स्रोतामाझ परिचित हुनका लागि थप सहज गराउने छ भने उनको साङ्गीतिक गन्तव्यको यात्रामा यसले नि:सन्देह उज्यालो छर्ने छ l

भिडियो लिंक