वियो*गान्त भावमा ‘तिमीसँगै जीवन…’

तिमीसँगै जीवन बिताउने मन थियो
एक्लै छोडी त्यो मन आज टाढा भै दियो

नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा प्रकाशित गीति एल्बम ‘अमर-२’ मा सङ्ग्रहित गीत ‘तिमीसँगै जीवन’ को भिडियो सार्वजनिक भएको छ । राम कार्कीको सङ्गीत र सङ्गीत संयोजन रहेको यस गीतमा मेलिना राईले स्वर दिएकी छिन् ।
ओएस नेपालको प्रस्तुतिमा रहेको ‘अमर-२’ एल्बमभित्र रहेका ६ वटा गीतमध्येको एक हो ‘तिमीसँगै जीवन’ । ईश्वर फुँयाल, सृष्टि आचार्य र साया लामाको अभिनय रहेको यो भिडियो महेश महराको छायाङ्कन र नरेन्द्र धामीको निर्देशनमा तयार भएको हो भने भिडियो कृष्ण भट्टराईले निर्माण गरेका हुन् । भिडियो Kripa TV नामक  युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतमा सँगै जिउने सँगै मर्ने वाचा कसम खाएका प्रेमीजोडीको वियो*गान्त कथा पोखिएको छ ।

Video Link