मौलिक शब्द र मौलिक लयमा हेमन्तले ल्याए ‘आकाशै ज्यानको’ भिडियो

कुशल सारङ्गीवादक तथा गायक ‘हेमन्त कान्छा रसाईली’ को ‘आकाशै ज्यानको’ बोलको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको छ । लोप हुँदै गएका मौलिक सिर्जनाहरुलाई जोगाउनु पर्छ भन्ने सोचका साथ अगाडि बढेका हेमन्त कान्छा प्राय: मौलिक र नेपालीपन बोकेका फरक सिर्जनाहरु प्रस्तुत गर्ने गर्दछन् । यसै सिलसिलामा हालै उनले मायाप्रेमको मर्मस्पर्शी भाव बोकेको गीत ‘आकाशै ज्यानको’ को भिडियो सार्वजनिक गरेका छन् ।
लोकप्रिय युवा गीतकार डी.पी. खनालको उत्कृष्ट मैलिक शब्दरचना र हेमन्त कान्छा रसाईलीको स्वर तथा सङ्गीत एवं सन्जिव बराईलीको सङ्गीत संयोजनमा तयार भएको यस गीतको भिडियोलाई हेमन्तले आफ्नै अफिसियल युट्युब च्यानल Hemanta Kanchha Rasaily बाट सार्वजनिक गरेका छन् ।
आफ्नै निर्देशनमा अनिल के. मानन्धरले निकै नै मेहेनतका साथ  भिडियो छायाङ्कन छन् । मनोज कार्कीको सम्पादन रहेको यस भिडियोमा रमणीय सुन्दर वातावरण, खोलानाला र झरनाको दृश्यमा कलाकारहरु देवेन्द्र बब्लु, सोनाम मगर, विशाल घिमिरे र हेमन्त स्वयम्को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

Video Link