शिशिर योगीको स्वरमा ‘तिमी आकाशको जून’

‘बेष्ट टोन म्युजिक’ नामक युट्युब च्यानलबाट लोकप्रिय गायक शिशिर योगीको स्वरमा रहेको गीत ‘तिमी आकाशको जून’ को भिडियो सार्वजनिक भएको छ l कृष्ण बहादुर थापाको शब्द तथा राजु सिंहको सङ्गीत रहेको यस गीतको भिडियोमा गायक शिशिर स्वयंले अभिनय गरेका छन् भने शिशिरको जोडीको रुपमा साधना शर्मालाई देख्न सकिन्छ l
प्रदिप श्रेष्ठको म्युजिक एरेन्ज रहेको यो गीतको भिडियो राजेन्द्र पाण्डेको छयाङ्कन तथा निर्देशनमा तयार भएको हो l गीतमा प्रेमीले आफ्नो कमजोर आर्थिक हैसियतका कारण उच्च घरानाकी प्रेमिकाका चाहनाहरु पूरा गर्न नसक्ने कुराहरु व्यक्त गरेका छन् l प्रेमिकालाई आकाशको  जूनसँग र आफूलाई झर्दो तारासँग तुलना गर्दै प्रेमीले मिलन सम्भव नभएको पीडा पोखेका छन् l कस्तुरी थकाली किचेनमा छयाङ्कन भएको यो भिडियोमा प्रेमीको ‘वर्थ डे’ को माहोल देखाईएको छ l

Video Link