दिलिप रायमाझी र निता ढुङ्गाना अभिनित म्युजिक भिडियो ‘लप्पन छप्पन’

नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार दिलिप रायमाझी र निता ढुङ्गाना अभिनित म्युजिक भिडियो ‘लप्पन छप्पन’ सार्वजनिक भएको छ l ओएसआर डिजिटल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको यो भिडियोले छोटो समयमै ६० हजार बढी भ्युज समेत पाईसकेको छ l
अग्रज पुस्ताका गीतकार भएपनि अनवरत रुपमा समय सापेक्ष एवं वर्तमान युवा पिंढीको भावना अनुरुप गीत लेखेर चर्चामा आईरहने गीतकार राजेन्द्र थापाको शब्दरचना तथा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको यो गीतमा सन्तोष अधिकारी र मिना निरौलाले स्वर दिएका छन् l भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन र सम्पादन एवं स्मृति तिमिल्सिना ‘गुरुआमा’ को कोरियोग्राफी रहेको छ l

Video Link