कुलेन्द्र बि.क. र गीता श्रीष मगरको स्वरमा ‘गाई चराउने वन’

आत्म विश्वास फिल्मस् प्रा.लि.को प्रस्तुतिमा गीता श्रीष मगरको साङ्गीतिक कोसेली ‘गाई चराउने वन’ को भिडियो सार्वजनिक भएको छ । गत कात्तिक १९ गतेका एक औपचारिक समारोहबीच म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा कुलेन्द्र बि.क. र गीता श्रीष मगरको स्वर, झलक सङ्गीतमको म्युजिक एरेञ्ज र दुर्गा विरहीको शब्द – सङ्गीत रहेको छ भने आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन तथा मनोज कार्कीको सम्पादनमा भिडियो निर्माण भएको हो । जसमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीशा खत्रीले अभिनय गरेका छन् ।
गीतका सर्जक दुर्गा विरहीको सभापतित्व एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो भिडियो विमोचन समारोहमा कुलेन्द्र बि.क., कृष्ण आँशु, राजन भुजेल, झलक सङ्गीतम, पिएन सापकोटा, सुजन लम्साल, भिमसेन खतिवडा, शोभा त्रिपाठी लगायतका कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी राजकुमार रायमाझीले सञ्चालन गरेका थिए ।

Video Link