विमल र विष्णुको स्वरमा ‘आकाशैको जूनतारालाई’

केहीबर्ष अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका लोकप्रिय गायक विमल डाँगी र नेपाली सङ्गीत इतिहासमा हालसम्मकै सर्वाधिक महङ्गी गायिका विष्णु माझीको स्वरमा ‘आकाशैको जूनतारालाई’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ । विन्ध्यबासिनी म्युजिक नामक युट्युब च्यानलबाट एकदिन अघि मात्र सार्वजनिक भएको यो गीतको भिडियोले छोटो समयमा २४ हजारको नजिक नजिक भ्युज समेत पाईसकेको छ । गीत अमर भण्डारी र अञ्जना गोसाईको प्रस्तुतिमा बजारमा आएको हो भने गीतमा अमर भण्डारीको शब्द, विमल डाँगीको सङ्गीत र बि. बि. अनुरागीको सङ्गीत संयोजन रहेको छ ।

चलचित्रका नायक धिरेन शाक्य र रक्षा श्रेष्ठको अभिनय रहेको यो गीतको भिडियोमा कुमार केसीको निर्देशन, अजय रेग्मीको छयाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Video Link