प्रताप दास र मेलिना राईको स्वरमा ‘घिन् घिन् मादल’, भिडियो सङ्गीतकार थापाको आफ्नै च्यानलमा

लोकप्रिय कलाकार मेलिना राई र प्रताप दासको स्वरमा रहेको लोकआधुनिक शैलीको रोमान्टिक गीत ‘घिन् घिन् मादल’ को लिरिकल भिडियो बजारमा आएको छ l बलु गुरुङको शब्दरचना तथा राजेश थापाको सङ्गीत रहेको यो गीतको मिक्सिङ र माष्टरिङ किशोर थापाले गरेका हुन् l भिडियो केहीदिन अघि मात्र सङ्गीतकार राजेश थापाको आफ्नै युट्युब च्यानल Rajesh Thapa Official बाट सार्वजनिक भएको हो l

सङ्गीत क्षेत्रका अधिकांश सर्जक-कलाकारहरुको आफ्नै कम्पनीको या व्यक्तिगत नाममा युट्युब च्यानल संचालन भईरहेको आजको स्थितिमा लोकप्रिय सङ्गीतकार थापाले पनि ढिलोगरी आफ्नो च्यानल स्थापना गरेका छन् l यो समाचार लेखिरहँदा उनको च्यानलमा जम्मा ५ वटा भिडियो अपलोड भएको देखिएको छ भने च्यानललाई लोकप्रिय बनाउनका लागि मेहेनतका साथ लागिपर्ने कुरा समेत सङ्गीतकार थापाले बताएका छन् l

भिडियो लिङ्क :