‘सगरमाथा म्युजिक अवार्ड’का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण, असोज ९ गते अवार्ड आयोजना हुने

रेस्पोन्सिभ मिडिया प्रा. लि. को आयोजनामा सम्पन्न हुन गईरहेको  दोस्रो ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल गीत – सङ्गीत क्षेत्रका सर्जक, कलाकार एवं प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l शनिबार बसुन्धरास्थित यति ईभेन्ट्समा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचका नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको हो l समारोहमा ४२ विधाका २ सय १० नोमिनिजहरुले प्रमाणपत्र ग्रहण गरेका थिए l अवार्ड आयोजक समितिका अध्यक्ष मनोज जंग थापाका अनुसार अवार्ड कार्यक्रम आगामी असोज ९ गते आयोजना हुने छ l समारोहमा  सङ्गीत क्षेत्रका एकजना विशिष्ट व्यक्तिलाई नगद सहित ताम्रपत्रको साथमा लाईफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरिने छ भने लोकप्रिय एवं क्रियाशील केही कलाकारहरु समेत सम्मानित हुने छन् l लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्ने र सम्मानित हुने कलाकारहरुको नाम भने हाल सार्वजनिक गरिएको छैन l यसैगरी अवार्ड समारोहमा सङ्गीत पत्रकारिताको माध्यमबाट यस क्षेत्रको विकाश र विस्तारका लागि क्रियाशील ६ जना रङ्ग पत्रकारहरु समेत ‘सगरमाथा सङ्गीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् l अवार्ड आयोजक समितिले सार्वजनिक गरे अनुसार सो सम्मानबाट तुलसी गिरी ‘भावुक’, शान्तिप्रिय, विजय आवाज, राज श्रेष्ठ, कुवेर डंगोल र मनीष दाहाल सम्मानित हुने छन् l