प्रतिस्पर्धात्मक ३२ र अन्य ६ गरी ३८ विधामा ‘छायाछवि तीज म्यूजिक अवार्ड’ वितरण

‘हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत सङ्गीत सम्बृद्धिको हाम्रो यो अभियान’ भन्ने मूल नाराका साथ छैटौं ‘छायाछवि तीज म्यूजिक अवार्ड २०७६’ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस् र तीजका गीत तथा त्यसका सर्जक कलाकारहरुले प्रोत्साहित हुने मौका पाउन् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

समारोहमा करिव डेढ दशकदेखि रङ्ग पत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित ‘छायाछवि नारी रङ्ग पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । ३२ विधामा अवार्ड प्रदान गरेको सो कार्यक्रममा वरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, वरिष्ठ लेखक / निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोकप्रिय गायिका टिका पुनले ‘माईतीको देश -२’ बाट एउटा तीजगीतको प्रस्तुति दिएकी थिईन् भने शोभा भण्डारी, अजय थापा, राज इन्टरटेनमेन्टका कलाकार, निरु खड्का र जानुका अर्यालले नृत्य प्रस्तुत गरेका थिए । यसैगरी समारोहमा कला लम्सालको गीत ‘पातली’ का उत्कृष्ट  ‘टिकटक’ कलाकारहरुलाई समेत जिन्सी उपहार सहित पुरस्कृत गरिएको थियो । जस अन्तर्गत पोखराका प्रतिक्षा अधिकारी, प्रमिला महत, रोजी महत र थानकोटकी आयुषा प्रधान पुरस्कृत भएका थिए l

अवार्डका विधा र  विजेताहरु:
१] उत्कृष्ट तीज दोहोरी मिक्सिङ

अर्जुन बिरही  –  गंगा जमुना

२] उत्कृष्ट तीज गीत मिक्सिङ

सन्तोष पौडेल  –   रे पटम भरर

३] उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

समित परियार   –  ढल्की ढल्की

४] उत्कृष्ट तीज गीत एरेञ्जर

योगेश काजी   –   तीजैमा ब्रत बसी

५] उत्कृष्ट तीज दोहोरी गीत नव–गायक

चित्र अविरल श्रीपाली – गंगा जमुना

६] उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका

शशी पुन देशार    –  फरिया

७] उत्कृष्ट तीज गीत नव–गायिका

मिना केसी  – घन्काइदे मादलु

८] उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

निर्मल क्षेत्री  – रीडी दोभान

९] उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

दीपाशा बी.सी  –  स्याङ्जा जाने बाटैमा तनहुँ

१०] उत्कृष्ट तीज गीत नव–मोडल

अपेक्षा सिंह  – गाउँ र शहर तीजको लहर

११] उत्कृष्ट तीज गीत मोडल

मञ्जीता के.सी. – तीजको आयो लहर

१२] उत्कृष्ट तीज गीत छायाकार

मुकेश हुमागाई  –  हातमा चुरा

१३] उत्कृष्ट तीज गीत सम्पादक

प्रविण भट्ट   – माइतीको देश २

१४] उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक

राजीव बलामी  –   यसपाली तीजमा

१५] उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक

राज के.सी.  – रिडी दोभान

१६] उत्कृष्ट तीज गीत नृत्य निर्देशक

मौसम हिमाली  –   माइतीको देश २

१७] उत्कृष्ट तीज गीत भिडियो निर्देशक

नारायण रिजाल – तीजैमा ब्रत बसेर

१८] उत्कृष्ट तीज दोहोरी गीत शब्द

तारा अधिकारी  –  आऊ संगी
१९] उत्कृष्ट तीज गीत शब्द

यशोदा थापा यशु – छड्के नजर

२०] उत्कृष्ट तीज मौलीक गीत शब्द

लोकराज अधिकारी – रे पटम भरर

२१] उत्कृष्ट तीज सामाजिक गीत

प्रमिला पुन –   तीजै आयो

२२] उत्कृष्ट तीज दोहोरी गीत लय

जीवन परियार  –   बर्खे झरी

२३] उत्कृष्ट तीज गीत मौलीक लय

हरि विष्ट  – माइतीको देश २

२४] उत्कृष्ट तीज गीत लय

धर्मराज गिरी – काँकरीको अचार

२५] उत्कृष्ट तीज युगल गायन

अमृता लुंगेली मगर/सुमित्रा कोइराला/सुजाता        के.सी. –  अल्झियो फरिया

२६] उत्कृष्ट तीज गीत कम्पनी

शुभश्री फिल्मस् प्रा.लि. –   बरी लै

२७] उत्कृष्ट तीज दोहोरी गीत गायक

लेखनाथ आचार्य  – रिडी दोभान

२८] उत्कृष्ट तीज दोहोरी गीत गायिका

शुशीला गौतम – लेउ लाग्यो

२९] उत्कृष्ट तीज दोहोरी गीत

जमाना अनुसार  –  देवी घर्ती

३०] उत्कृष्ट तीज गीत गायिका

अन्जना  गुरुङ  –   गाउँ र सहर तीजको लहर

३१] उत्कृष्ट तीज गीत

चम्पलै हरायो – कृष्णा परियार

३२] उत्कृष्ट मौलिक तीज गीत

पातली – कला लम्साल

 

३३] इन्करेजमेन्ट अवार्ड (मोडल)

किशन अर्याल कृष्ण  – हातमा चुरा

३४] इन्करेजमेन्ट अवार्ड (गायिका)

सोनिका के.सी, सुरुची पन्त शिरै लाउने सिरफूल

३५] पब्लिक च्वाइस अवार्ड (गायिका)

धनकुमारी थापा सरु  – जाम नाच्न जाम

३६] पब्लिक च्वाइस अवार्ड (मोडल)

सुशीला थापा – मैले त खोजेको यस्तै घर हो

३७] पब्लिकच्वाइस अवार्ड (मोडल)

दुर्गेश थापा  –  ज्वाई हजुर

३८] जुरी अवार्ड

टिका पुन – माइतीको  देश २