‘हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत सङ्गीत सम्बृद्धिको हाम्रो यो अभियान’ भन्ने मूल नाराका साथ छैटौं ‘छायाछवि तीज म्यूजिक अवार्ड २०७६’ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस् र तीजका गीत तथा त्यसका सर्जक कलाकारहरुले प्रोत्साहित हुने मौका पाउन् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।
समारोहमा करिव डेढ दशकदेखि रङ्ग पत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित ‘छायाछवि नारी रङ्ग पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । ३२ विधामा अवार्ड प्रदान गरेको सो कार्यक्रममा वरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, वरिष्ठ लेखक / निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका टिका पुनले ‘माईतीको देश -२’ बाट एउटा तीजगीतको प्रस्तुति दिएकी थिईन् भने शोभा भण्डारी, अजय थापा, राज इन्टरटेनमेन्टका कलाकार, निरु खड्का र जानुका अर्यालले नृत्य प्रस्तुत गरेका थिए । यसैगरी समारोहमा कला लम्सालको गीत ‘पातली’ का उत्कृष्ट ‘टिकटक’ कलाकारहरुलाई समेत जिन्सी उपहार सहित पुरस्कृत गरिएको थियो । जस अन्तर्गत पोखराका प्रतिक्षा अधिकारी, प्रमिला महत, रोजी महत र थानकोटकी आयुषा प्रधान पुरस्कृत भएका थिए l
अवार्डका विधा र विजेताहरु:
१] उत्कृष्ट तीज दोहोरी मिक्सिङ
अर्जुन बिरही – गंगा जमुना
२] उत्कृष्ट तीज गीत मिक्सिङ
सन्तोष पौडेल – रे पटम भरर
३] उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
समित परियार – ढल्की ढल्की
४] उत्कृष्ट तीज गीत एरेञ्जर
योगेश काजी – तीजैमा ब्रत बसी
५] उत्कृष्ट तीज दोहोरी गीत नव–गायक
चित्र अविरल श्रीपाली – गंगा जमुना
६] उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका
शशी पुन देशार – फरिया
७] उत्कृष्ट तीज गीत नव–गायिका
मिना केसी – घन्काइदे मादलु
८] उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
निर्मल क्षेत्री – रीडी दोभान
९] उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा बी.सी – स्याङ्जा जाने बाटैमा तनहुँ
१०] उत्कृष्ट तीज गीत नव–मोडल
अपेक्षा सिंह – गाउँ र शहर तीजको लहर
११] उत्कृष्ट तीज गीत मोडल
मञ्जीता के.सी. – तीजको आयो लहर
१२] उत्कृष्ट तीज गीत छायाकार
मुकेश हुमागाई – हातमा चुरा
१३] उत्कृष्ट तीज गीत सम्पादक
प्रविण भट्ट – माइतीको देश २
१४] उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक
राजीव बलामी – यसपाली तीजमा
१५] उत्कृष्ट तीज दोहोरी भिडियो निर्देशक
राज के.सी. – रिडी दोभान
१६] उत्कृष्ट तीज गीत नृत्य निर्देशक
मौसम हिमाली – माइतीको देश २
१७] उत्कृष्ट तीज गीत भिडियो निर्देशक
नारायण रिजाल – तीजैमा ब्रत बसेर
१८] उत्कृष्ट तीज दोहोरी गीत शब्द
तारा अधिकारी – आऊ संगी
१९] उत्कृष्ट तीज गीत शब्द
यशोदा थापा यशु – छड्के नजर
२०] उत्कृष्ट तीज मौलीक गीत शब्द
लोकराज अधिकारी – रे पटम भरर
२१] उत्कृष्ट तीज सामाजिक गीत
प्रमिला पुन – तीजै आयो
२२] उत्कृष्ट तीज दोहोरी गीत लय
जीवन परियार – बर्खे झरी
२३] उत्कृष्ट तीज गीत मौलीक लय
हरि विष्ट – माइतीको देश २
२४] उत्कृष्ट तीज गीत लय
धर्मराज गिरी – काँकरीको अचार
२५] उत्कृष्ट तीज युगल गायन
अमृता लुंगेली मगर/सुमित्रा कोइराला/सुजाता के.सी. – अल्झियो फरिया
२६] उत्कृष्ट तीज गीत कम्पनी
शुभश्री फिल्मस् प्रा.लि. – बरी लै
२७] उत्कृष्ट तीज दोहोरी गीत गायक
लेखनाथ आचार्य – रिडी दोभान
२८] उत्कृष्ट तीज दोहोरी गीत गायिका
शुशीला गौतम – लेउ लाग्यो
२९] उत्कृष्ट तीज दोहोरी गीत
जमाना अनुसार – देवी घर्ती
३०] उत्कृष्ट तीज गीत गायिका
अन्जना गुरुङ – गाउँ र सहर तीजको लहर
३१] उत्कृष्ट तीज गीत
चम्पलै हरायो – कृष्णा परियार
३२] उत्कृष्ट मौलिक तीज गीत
पातली – कला लम्साल
३३] इन्करेजमेन्ट अवार्ड (मोडल)
किशन अर्याल कृष्ण – हातमा चुरा
३४] इन्करेजमेन्ट अवार्ड (गायिका)
सोनिका के.सी, सुरुची पन्त शिरै लाउने सिरफूल
३५] पब्लिक च्वाइस अवार्ड (गायिका)
धनकुमारी थापा सरु – जाम नाच्न जाम
३६] पब्लिक च्वाइस अवार्ड (मोडल)
सुशीला थापा – मैले त खोजेको यस्तै घर हो
३७] पब्लिकच्वाइस अवार्ड (मोडल)
दुर्गेश थापा – ज्वाई हजुर
३८] जुरी अवार्ड
टिका पुन – माइतीको देश २