‘छायाछवि नारी पत्रकारिता पुरस्कार’ शारदा थापालाई

‘हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत सङ्गीत सम्बृद्धिको हाम्रो यो अभियान’ भन्ने मूल नाराको साथ ‘छायाछवि तीज म्यूजिक अवार्ड’ भाद्र १२ गते आयोजना हुने भएको छ । उक्त अवार्ड कार्यक्रममा ‘छायाछवि नारी पत्रकारिता पुरस्कार’ रङ्ग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको आयोजक संस्थाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । पत्रकार थापा विगत दुई दशकदेखि रङ्ग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी छिन् ।

समारोहमा तीज गीतका सर्जक, कलाकार र प्राविधिकहरुलाई ३२ विधामा अवार्ड प्रदान गरिने छ भने कार्यक्रम सेलिब्रेसन ब्याङ्केट नक्सालमा आयोजना  हुने छ ।